• २०८१ चैत्र १० गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८ ,  काठमाडौं । पर्सा  ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका – ९ टेसनपुर बस्ने ५५ वर्षीय खर्बु थारुलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । खर्बुले ती किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस