• २०८१ फाल्गुन ७ गते बुधवार

एक साता देखि सञ्चार विहिन कर्णाली बासि

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ८, मुगु । हिमाली जिल्ला मुगुका नागरिक एक साता देखि सञ्चार विहीन भएका छन् । कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको महावु लेक भन्ने स्थानमा रहेको रेडियो लिंक रिपीटर टावरमा रहेका उपकरणहरुमा चट्यांङ्ग पर्दा ईन्टरनेट सेवामा समस्या आउदा सञ्चार विहिन भएका हुन । ईन्टरनेट सेवा नहुदा कर्णालीका मुगु , हुम्ला , डोल्पा जिल्लामा सेवा प्रवाहमा समस्या आएको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ ।

टेलिकम कार्यालयका अनुसार उक्त स्थानमा मर्मतको लागि प्राविधकि टोलि त्यस तर्फ प्रस्थान गरेको र मर्मत कार्य जारी रही ढिलामा भोलि र सकेसम्म आज बेलुका सम्म ईन्टरनेट सेवा सञ्चालनमा आउने नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख विशाल देवकोटाले बताए । पछिल्लो समय कर्णालीका जिल्लाहरुमा वर्षा भईरहेको हुनाले त्यस बखत वर्षाले पनि ईन्टरनेट सेवामा प्रभाव पार्ने हुदा , वर्षा नभए ईन्टरनेट सेवाले छिट्टै सञ्चालनमा आउने जानकारी दिए । वर्षाले गर्दा मर्मत कार्यमा खटिएका प्राविधिकहरु लाई पनि मर्मत कार्यमा समस्या आएको छ ।

उनले थपे कर्णालीका मुगु सहित अन्य जिल्लाहरुमा हालको मात्र समस्या होईन , हिउदमा हिउ पर्दाको समस्या र वर्षामा असिना पानी र चट्याङ्गको समस्याले उहिले देखिनै कर्णाली बासिले ईन्टरनेट र टेलिफोनको समस्या पटक पिटक झेल्दै आईरहेका छन् । मुगुमा एडिएसल ईन्टरनेटले काम नगर्दा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय , बैक , बित्तिय संस्थामा आर्थिक कारोवार गर्न र अन्य काम गर्न पनि समस्या आउने गरेको रेडपाण्डा कृषि सहकारी संस्था मुगुका अध्यक्ष तिलक बहादुर मल्लले बताए ।

यता ईन्टरनेट सेवा बन्द हुदा मुगुका सुचना सन्देश पनि राष्ट्यि स्तर सम्म समाचार सम्प्रेषण र प्रकाशन गर्न पनि नपाएको न्युज २४ का जिल्ला सम्वाददाता दान बहादुर बुढाले आफ्नो अनुभव सुनाए । नेपाल सरकार बाट मान्यता प्राप्त पाएका निजि प्राईभेट ईन्टरनेट कम्पनि सुविसु , वल्र्ड लिंक कम्पनिका ईन्टरनेटले गतिलो सँग काम नगर्दा पनि यि कम्पनिका ग्राहक लगायत अन्य स्थानीय बासिहरुले सेवा बाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस