• २०८१ माघ ९ गते बुधवार

सभा, जुलुस र भीडभाड नगर्नु : स्वास्थ्य मन्त्रालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ०८, काठमाडौँ । नेपालमा सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक र भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस