• २०८१ फाल्गुन ७ गते बुधवार

कोरोनाबाट विदेशमा थप एकजना नेपालीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौँ। कोरोना भाइरस को संक्रमणबाट साउदी अरेवियामा थप एक जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साताभर विदेशमा एक जना नेपालीको ज्यान गएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३४२ जना नेपालीको निधन भइसकेको संघले जनाएको छ ।

यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ६२९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस