फागुन ९, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।डा भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।