• २०८१ असोज २० गते आइतवार

संसद् विघटन विरुद्धको मुद्दामा आज पनि बहस जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ। रिट निवेदकका तर्फबाट अधिवक्ता ओम प्रकाश अर्यालले आजको पहिलो बहस गरेका छन्।

हिजो देखि बहसका लागि ३० मिनेटको समय तोकिदिएको थियो। यसअघि इजलासमा वकिल लाई बहसको समय तोकिएको थिएन। संवैधानिक इजलासमा आइतबार देखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस