• २०८१ असोज २२ गते मङ्गलवार

विदेश मन्त्रीको कोरोनाका कारण निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, एजेन्सी । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उहाँको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । उहाँका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उहाँको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

 जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उहाँ तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस