• २०८० चैत्र १५ गते बिहिवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस