• २०८२ बैशाख ७ गते आइतवार

बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो

रासस पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, झापा । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ ।राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

तालाबन्दी गरेलगत्तै कार्यालय आइपुग्नुभएका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला खुलाइएको बाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष बिपी कटुवालले बताउनुभयो ।उहाँले भित्री सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेकाले पटकपटक वडा कार्यालयदेखि पालिका कार्यालयसम्म तत्काल मर्मत सम्भारका लागि ध्यानाकर्षण पत्र बुझाइए पनि मर्मत नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस