भदौ ४, कास्की । प्रहरीले अबैध रुपमा चन्दा संकलन गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत लगायत ३ जनालाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।