साउन ५, उदयपुर । त्रियुगा नगरपालिका-११ युनिक रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय सुमन्त कोईराला लगायत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७२ हजार ३ सय ८० रुपैयाँ, ६६ हजार रुपैयाँको १ थान बैंक चेक र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।