असार ६, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्वाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो ।
भोलि सोमबार रातीबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ । यसै गरी थप गरिएको निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने थप व्यवसाय समय तोकेर चलाउन निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।
यसै गरी निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् । विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सवै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन निर्णय भएको छ ।