जेठ ६, काठमाडौं । काठमाडौको बालाजुचोकमा रहेको जनमैत्रीमा निशुल्क कोरोना संक्रमितको उपचार गरिन्छ भनी प्रचार गरेपनि पैसाका कारण शव उठ्न सकेको छैन । कामनपा १६ स्थित नयाँबजारका ६० वर्षिया एक वृद्धको निधन भएकोमा पैसाका कारण शव उठ्न ढिला भएको हो ।
सञ्चारकर्मी रवि लामिछानेले कोरोना संक्रमितहरुका लागि निशुल्क उपचार गरिन्छ भनेर प्रचार गरिएपनि बिरामिसँग रकम लिने गरेको तथ्य खुलेको हो । बैशाख ३० गते कोरोना अस्पतालका रुपमा रहेको जनमैत्री अस्पतालमा भरना गरिएका रामचन्द्र श्रेष्ठको आज बिहान मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुने वितिकै १६ हजार नगर तिरेका उनिहरुले त्यसपश्चात सिद्धार्थ बैकको खातामा थप १ लाख जम्मा गरेका थिए । निशुल्क भनिएको अस्पतालमा बिरामी बाच्ने आशामा परिवारले पैसा जम्मा गराएपनि आज बिहान बिरामीको मृत्यु भएपछि शव बुझ्नलाई थप ८० हजार चाहिन्छ भनेपछि परिवार थप तनावमा परेका छन ।
फुपाजु विरामी भएर अस्पताल लगियो अक्सिजनको सुबिधा सहित अस्पतालले सेवा दिएको प्रचार गरिएकाले सहज होला भनेको आफैंले अक्सिजनको व्यवस्था गर्नु परो। संकर ग्यासमा गएर पहिलोपल्ट अक्सिजन ल्याएका मृतकका भदा पर्नेले भने । अक्सिजन सकिन लाग्दा तनाब हुन्थ्यो अनि जहाबाट पनि ग्यासको जोहो गर्न दौडिनु पर्ने बताउदै मृतकका सालाले भने सातदोबाटोबाट ग्यास भरेर लेराएको बताए । उनले भने सित्तैमा भनेर प्रचार गरि जनतालाई झुक्काईने काम भएको छ ।
बैशाख ३० गते कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका श्रेष्ठको आज बिहान मृत्यु भएको हो । मृतक काठमाडौं महानगरपालिकाका पुर्व कर्मचारी समेत हुन ।