चैत ७, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हराएको पैसा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको छ । चैत ६ गते कोरोयाबाट काठमाडौं आउने क्रममा कोरियन एयरलाइन्सको केइ ६९५ का यात्रुको ६५८ अमेरिकी डलर हराएकोमा प्रहरीले फेलापारि बुझाएको हो ।
कोरियाबाट काठमाण्डौं आगमन भएका यात्रु नुवाकोट लिखु गाउपालिका वडा नं.२ भएका वर्ष २८ का राम कुमार ढकालले आगमन भन्सार एरियामा उक्त रकम हराएको भनि दिएको मौखिक सुचनाका आधारमा कार्यालयको सिसिटिभी र तत्काल प्रहरी परिचालन गरी खोजतलास गरी उक्त रकम फेला परी उनलाई बुझाइएको हो ।