चैत ७, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ। संसदिय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छ । यसअघि गौतम ओली वा नेपाल-खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्। बैठकमा नेपाल-खनाल समूह भने अनुपस्थित छन्।