चैत ०७ मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नं १० का स्थानीयले आफनै वडामा लगाएकाे ताला हालसम्म खुल्न सकेकाे छैन । सोहि वडाका सबै स्थानीयले नियमति वडामा वडा अध्यक्ष लगायत कर्मचारी नआउने र नागरिकको समस्या बर्षो हुदाँसम्म सुनुवाई नभएका भन्दै गहेको फागुन १९ गते बाट ताला लगाएको बताएका हुन ।
गएको बर्ष वडा कार्यालयले च्याकल ओखर लगाए वाफत ४ हजारका दरले प्रति घरपरिवारलाई दिने बताएको भएपनी नदिएको र वडामा मिल ल्याएको भएपनी ब्यबस्थित गर्न नसकेको, १६ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएको, नुन वडामा ल्याउने भन्दै प्रति घर १५ पाकेटको १० रुपैयाका दरले रकम असुली वडामा नुन पु¥याउन नसकेको भन्दै करिब ३ सय घरदुरीको सहमतीमा गएको फागुन १९ गतेबाट वडाकार्यालय तालाबन्दी गरेको स्थानीले बताएका छन ।
अघिल्लो बर्ष यसै समयमा च्याकल ओखर खेती प्रवर्धनका लागी २३ लाख बराबरको ओखरका बोट विरुवा गाउँलेले लगाएका भएपनी १३ लाखको विरुवा खरिद गरिएको र बाँकी १० लाख विरुवा लगाएको प्रति घरपरिवार लाई ४ हजारका दरले दिने वडाको निर्णय भएपनी त्यो रकम नपाएको, १६ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वडा कार्यालय तालाबन्दी गरेका स्थानीय हरिकेश आर्चायले बताए । उनका अनुसार वडामा बेतिथि भएको र नागरिकका समस्या बढ्दै गएका र नजिकको सरकार वडा कार्यालयले सुनुवाई नगरेको भन्दै बाध्य भएर स्थानीयले वडाकार्यालय ताला बन्दी गरेका आर्चायले बताए । गाउँमा नुनकोपनी हाहाकार छ । अघिल्लो बर्ष वडाले म्याद गुर्जेको नुन गाउँमा पु¥याएको र त्यसको चौतर्फि विरोध भएपछी जिल्लाका सरोकारवाला निकायको रोहवरमा नुन जलाएको र नुन ल्याउने भन्दै वडा कार्यालयले ढुवानी स्वरुप १५ रुपैया सहयोग गर्ने र नागरिकले एक पाकेटको १० रुपैया दिनु पर्ने निणर्य बमोजिम नुनको लागी पैसा उठाएको भएपनी त्यो नुन नल्याएको भन्दै १६ दिन भयो वडामा ताला लगाएको आर्चायले बताए ।
नुन नहुदाँ वडामा नुनको हाहाकार भएको छ । नुन कहिले आउने हो थाहा छैन । वडाले मिलको ब्यबस्था गरेको भएपनी मिल सञ्चालनमा ल्याउन नसकेको र कोराना बेला राहात सामग्री ढुवानी लगायत धेरै रकम स्थानीयको नदिएको अर्का स्थानीय लक्ष्मण मल्लले बताए । अहिले मिलका मेसिनका सामना गोठमा थन्किएका र अन्य सामाना स्थानीयले ट्वाईलेट, लगुा सुकाउने र बाड्ने गरेका छन । समस्या धेरै भएपछी ध्यानआर्कषणको लागी वडा कार्यालय बन्द गरेको १६ दिन भएको भएपनी कतै बाट सुनुवाई नभएको स्थानीय बताउछन।
यस बिषयमा बुझ्न खोज्दा सोरुगाउँपालिका वडा नं १० का वडा अध्यक्ष धर्मराज जैसीकाे दुवै फोन स्विच अफ भएका कारण बुझन सकिन । र हाल उनि जिल्ला बाहिर रहेको जानकारी प्राप्त भएको छ ।यता सोरु गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीका अनुसार यस बिषयमा गाउँपालिकामा जानकारी नआएको बताएका छन । अरु नागरिकका समस्याका बारेमा आफु सबैबाट बुझ्न्ने बताउदै अध्यक्ष शाहीले आफु अहिले जिल्ला बाहिर भएकाले केहि थाहा नभएको बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया बैकिंग प्रणालीबाट दिने प्रावधान अनुसार त्यो समस्या छ । त्यो समस्या त्यो वडाको मात्र नभएर सोरु गाउँपालिकाका सबै वडाको समस्या हो । सबै काम पुरा भएकाले हामि सामाजिक सुरक्षा भत्ता अब तत्काल वितरण गर्ने अध्यक्ष शाहीले बताए ।