• २०८२ बैशाख ७ गते आइतवार

विप्लव सरकारसँग वार्ता गर्न सकारात्मक (विज्ञप्तिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।

उनले विज्ञप्तीमा आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् । उनले क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल भएको बताउदैं यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक बर्ताका छन ।
बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस