• २०७९ मङ्सिर १७ गते शनिवार

ए डिभिजन लिगमा आज शेर्पा र बीबीसी भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्रै खेल हुँदैछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) को सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो । शीर्ष डिभिजनको लिगमा शेर्पा पहिलो जितको खोजीमा छ । २ मा जित र २ खेलमा बराबरी खेलेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ ।

ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ । जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले सामान्य प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस