• २०७९ असोज ९ गते आइतवार

मोहम्मद जयन्तीमा मोरक्कोका ५१० कैदीलाई आममाफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, मोरक्को । मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैटौँले मङ्गलबार उनीहरूलाई आममाफी दिएको घोषणा गर्नुभएको हो ।

इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस