• २०८१ भाद्र २५ गते मङ्गलवार

लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, लेबनान । लेबनानको संसदीय निर्वाचनको मिति तोकिएको छ । लेबनानको संसद्ले नै मङ्गलबार संसदीय निर्वाचनको मिति तय गरेको हो ।

संसद्को निर्णयअनुसार लेबनानमा आगामी मार्च २७ मा संसदीय निर्वाचन हुनेछ । यसअघि मे महिनामा गर्ने तय भएको निर्वाचन सारेर मार्चमा गर्ने निर्णय भएको हो ।

इस्लामिक धर्मावलम्बीहरूको उपासनाको महिनालाई समेत ध्यान दिएर नयाँ मिति तय गरिएको प्रधानमन्त्री नाजिब मिकातीले बताउनुभएको छ । संसद् बैठक पछि बोल्दै उहाँले निर्वाचनको गृहकार्य सरोकारवालाहरूले अहिलेदेखि नै सुरु गर्ने जानकारीसमेत दिनुभयो ।

लेबनानमा अहिले आर्थिक सङ्कट उत्पन्न भएको छ भने निर्वाचनमा यही विषयलाई मुख्य एजेन्डा बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस