• २०८१ असोज २४ गते बिहिवार

उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य (किरण) लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ ।दमको समस्या बढेपछि उहाँ उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उहाँको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ ।

दमको समस्या बढेपछि उहाँ उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उहाँको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।

महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस