• २०८१ चैत्र १२ गते बुधवार

थप ७ सय ३४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस