• २०८१ चैत्र ३ गते सोमवार

लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आज सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

देउवाले नेपालको संविधानले शहीदहरुको सपना, नागरिकको आकांक्षा र नेपाली जनताको भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयनमार्फत जनताको मुहारमा खुसी ल्याउने सरकारको लक्ष्य रहेको समेत धारणा राखे । उनले भने, ‘यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस