भदौ ३, काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
१. सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२. भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने ।
३. भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने ।
४. काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने ।
५. सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृती गर्ने ।
६. सिँचाइ र ऊर्जा मन्त्रालयका केही बरिष्ठ इन्जिनीयरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको छ ।