• २०८१ जेष्ठ ३१ गते बिहिवार

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौँ। आज बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार आज बसेको उक्त बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई नेकपा एमालेले २४ घण्टे स्पष्टिकरण सोध्ने भएको छ ।

प्रतिनिधिसभामा देउवाले हिजो लिएको विश्वासको मतको पक्षमा एमाले नेता माधवकुमार नेपालसहितका २२ सांसदले मतदान गरेका थिए । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

एमालेले पार्टी विवाद समाधान कार्यादलले पेश गरेको १० बुँदे प्रस्ताव पारित गरेको छ । आजको बैठकले कार्यदलले पेश गरेको उक्त प्रस्ताव अनुमोदन गरेको हो । यसअघि बसेको स्थायी कमिटी बैठकले पनि उक्त प्रस्ताव अनुमोदन गरेको थियो । प्रस्तावमा पार्टीको आन्तरिक विवाद समाधानका लागि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस