• २०८३ जेष्ठ २६ गते मङ्गलवार

एमसीसी पारित हुन्छ: अध्यक्ष पुष्पकमल दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी पारित हुने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै अध्यक्ष दाहालले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल पारिमार्जन र संशोधन गरेर पारित हुने बताएका हुन ।

उनले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।

Sharing

प्रतिक्रिया दिनुहोस