• २०८१ फाल्गुन ७ गते बुधवार

गण्डकी प्रदेशमा ५ जना मन्त्री नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका हुन ।

उनको मन्त्रिपरिषदमा किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस