• २०८१ चैत्र १३ गते बिहिवार

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ४८६ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जनामा कोरोना पुष्टि भएके हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार १७३ जना सङ्क्रमित थपिएका छन । मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस