• २०७९ असोज ९ गते आइतवार

अवैध रुपमा भित्रीएका १९ वटा मोटरसाइकल भंसार बुझाइएको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, पर्सा । अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका अवैध रुपमा भित्रीएका १९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।

गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा भित्र्याइएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस