• २०८१ भाद्र २४ गते सोमवार

बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, बाँके। जेठमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ ।

मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस