• २०८१ फाल्गुन ७ गते बुधवार

भुकम्पले घर भत्कँदा दुईजना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ५, लमजुङ। भूकम्प जाँदा बेंसीशहर नगरपालिका ६ चनौटे र बेंसीशहर नगरपालिका ११ चिति रामचोकफाँटमा घरमा क्षति पुग्दा दुई जना घाइते भएका छन । लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गएको हो ।

भूकम्पको ठूलो झट्काका कारण मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा,, कास्की, काठमाडौं, नुवाकोट लगायतको ठाउँमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस