• २०८१ चैत्र ३ गते सोमवार

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस