• २०८० फाल्गुन १० गते बिहिवार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताउनुभयो । एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस