चैत ६, काठमाडौं । सक्रिय राजनीतिमा फर्किनुपर्ने दायित्वबोध भएको भन्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएकाे छ । ८ फागुन २०७४ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका खरेलले पत्रकार सम्मेलन मार्फत राजिनामा दिनुभएकाे हाे ।
खरेलले राजनीतिमा फर्किनुपर्ने आफ्नो दायित्व भएकाले राजीनामा दिएको स्पष्ट पार्दै राजनितीमा सक्रिय रहन प्रधानमन्त्री केपीशर्मा ओलीसगँ सल्लाह गरेर नै जिम्मेवारीबाट बिदा लिएको बताउनु भएको छ ।