• २०८२ जेष्ठ २ गते बिहिवार

नवलपरासीमा  स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी  नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस