• २०८१ फाल्गुन ७ गते बुधवार

झारफुकको नाममा बिरामीलाई क्रुर यातना दिएर ज्यान लिने दम्पती पुर्पक्षका लागि कारागार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण ०७, गुल्मी । गुल्मीमा झारफुकको नाममा बिरामीलाई क्रुर यातना दिएर ज्यान लिने एक दम्पती पुर्पक्षका लागि कारागार चलान भएका छन् । मालिका गाउँपालिका ६ अर्जे घर भइ तम्घासको रेसुङ्गा नगरपालिका २ जीप पार्कमा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया शान्तिला श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीले उनीहरूलाई जन्मकैदको मागदाबी सहित गुल्मी जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको थियो । अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले शुक्रवार दुवै जनालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउने आदेश दिएको हो । श्रेष्ठ दम्पतीले गएको पुस २८ गते राति झारपुकको नाममा रड, पाइप र झाँझर तताएर शरीरमा डाम्दा इस्मा गाउँपालिका ३ का ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको थियो ।

त्यस घटनामा मृतकका ३४ वर्षीय छोरा हुम बहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ की ४० वर्षीया टोपला दमाई समेत घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस