माघ ६,काठमाडौँ। नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् ।
काठमाडौँबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ । जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौँ अवतरण गरिसक्ने कम्पनीले जनाएको छ । नेपाल एयरलाइन्सले मकाउबाट १४७ जना यात्रुलाई काठमाडौं ल्याउने छ ।