माघ ५, काठमाडौं । सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका हुन।
बढुवा सिफारिस हुनेमा चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, अरविन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, रुपकुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र विनोद केसी छन्।
बढुवा समितिको बैठकले वरिष्ठतम् प्रहरी नायब उपरीक्षकहरूलाई बढुवा सिफारिस गरेको मुख्यालयले जनाएको छ। बढुवा सिफारिसको बोदार्थ गृहमा पठाइएको छ।