पुस ३, दमौली । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ ।घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ ।
शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । “दक्ष जनशक्तिको माग बढेको र अन्य कामको तुलनामा सजिलो पनि भएको हुँदा यसतर्फ महिलाको आकर्षण बढेको छ,” रेग्मीले भन्नुभयो, “त्यसैका लागि महिलालाई दक्ष बनाउन तालिम दिएका हौँ ।”
–––