मंसिर २, महोत्तरी । महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टका अनुसार पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका(५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेका छन ।
मृतक अमृता भंगहा(२ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतासदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ। गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताए। ‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्याएर दुवै जनाले पालैपालो करणी गरे,’ एसपी अचार्यले भने, ‘सामूहिक बलात्कारबाट बेहोस् भएकी मृतक अमृतालाई बिहान ३ बजे घर नजिकै सडकमा छाडेर भागे।’ अचेत अवस्थामा भेटिएकी अमृताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो ।
बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका(५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ।