• २०८० फाल्गुन १० गते बिहिवार

बाँकेको भेरी अस्पतालको सटर मध्य रातमा डोजर लगाएर भत्काइयो

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

बाँके १, असोज । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो ।

सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए ।

विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा पसलहरु राख्न पाइँदैन । अस्पतालका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल, किराना पसल र नास्ता पसल सञ्चालन गरिएका थिए ।

अस्पताल विकास समितिका अर्का सदस्य धनराम ओलीका अनुसार स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेको थियो ।

त्यत्ति बेलादेखि नै अस्पतालले सटर खाली गराउन सकेको थिएन । ‘व्यवसायीहरुसँग सहमति गर्दै सटर खाली गराउने र भत्काउने विषयमा सहमति भएको हो’, सदस्य ओलीले प्रष्ट पारे, ‘व्यवसायीलाई दुई महिनाको भाडा मिनाहा गरिएको छ । भाडाको बक्यौता तिर्नका लागि पनि समयसीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस