• २०८१ असार ३ गते आइतवार

भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, बर्दिया । प्रहरीले भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले गुलरिया नगरपालिका-६ भन्सार रोडबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको १ थान मोटरसाइकल सहित सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २५ वर्षीय हरिलाल मल्लाहलाई मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । उनलाई बरामद मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस