• २०८० फाल्गुन ११ गते शुक्रवार

झिमरुक बैंकका पुर्ब सिओ के सीद्वारा पत्रकार महासंघलाई प्रिन्टर प्रदान

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

साउन ३, प्युठान । तत्कालीन झिमरुक बिकास बैंकका प्रबन्धक मदन के सीले नेपाल पत्रकार महासंघ प्युठान शाखालाई प्रिन्टर सहयोग गरेका छन । आइतबार पत्रकार महासंघ प्युठान शाखालाई उक्त प्रिन्टर प्रदान गरेका हुन ।

२४ हजार मुल्य बराबरको एक थान क्यानन कम्पनीको प्रिन्टर अरुण अर्डर एण्ड सप्लायर्सका ब्यबस्थापक अरुण श्रेष्ठ मार्फत महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाललाई प्रिन्टर हस्तान्तरण गरेका हुन । प्युठानका पत्रकार प्रकाश बैद्दको पहलमा के सीले प्रिन्टर सहयोग गरेका हुन । बैद्द नेपाल पत्रकार महासंघ प्युठान शाखाका सचीव हुन । महासघ प्युठान शाखाका सचिव प्रकाश बैद्दले प्युठान शाखालाई मजबुत बनाउन आफुले सक्दो पहल गर्ने बताए ।

कर्मथलो जिल्ला बाहिर भए पनि जन्मथलो प्युठान भएका सहयोगदाता के सी ले भने- “मेरो बाल्यकाल त्यो न्यानो काखमै हाँस्दै, खेल्दै बित्यो, ती कुना कन्दरा सधैँ मेरो जीवनका अमित छाप बनी बसेका छन्। आफ्नो जन्मभुमि आफ्नो खेलेको ठाउँ जहाँ गएपनि बिर्सन सकिदैन् । त्यसैले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महा संघ प्युठान लाई कार्य गर्न सहजताका लागि प्रिन्टर सहयोग गरेको हुँ ।”

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न पत्रकारको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ । प्युठान नगरपालिका ८ धर्मावती सेरा जन्मिएका के सीको पहलमा प्युठान जिल्लामा पहिलो बैंक झिमरुक बिकास बैंक बाग्दुलामा स्थापना गरि सोही बैंकको सिओ मा करिब ८ बर्ष कृयाशिल हुँदै हाल बित्तिय सस्थाबाट अबकास प्राप्त गरि नेपालगन्जमा सामाजिक क्षेत्रमा सकृय रहेका छन।

प्रतिक्रिया दिनुहोस