• २०८१ साउन १ गते मङ्गलवार

चितवनमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, चितवन। चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो ।

ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस