असार ४, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले चोरी भएको मोटरसाईकल फेला पारि सम्बन्धित मोटरसाईकल धनीलाई मोटरसाईकल बुझाएको छ । नेपालगंज उपमहानगरपालिका १८ भुजईगाउँ बस्ने बर्ष ३६ का बामदेव चौधरीको जेठ ३१ गते हवल्दापुरबाट पार्किङ गरी राखेको भे.९ प ७४९४ नं.को मोटरसाइकल चोरी भएको थियो ।
उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा कोहलपुर नगरपालिका – १४ रिहारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा फेला पारेको हो । उक्त मोटरसाईकल इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले धनीलाई हस्तान्तरण गर्नु भएको हो ।