• २०८१ असोज २५ गते शुक्रवार

उपत्यकामा दुई हजार ६३५ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ६३५ सङ्क्रमित थपिएका छन । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

हाल काठमाडौंमा २७ हजार ३३९ जना, ललितपुरमा छ हजार ९९० जना र भक्तपुरमा चार हजार ९१६ मा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी काठमाडौंमा हालसम्म एक हजार २२८, ललितपुरमा ३२३ र भक्तपुरमा २४० जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस