• २०८० फाल्गुन ११ गते शुक्रवार

नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएके छ । वरिष्ठ नेता नेपाललाई भेट्न बादल मंगलबार दिउँसो कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन्।

उनीहरूबीच अहिले कुराकानी भइरहेको छ । जेठ ६ मा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका बादल र नेता नेपालको भेटलाई अर्थुिर्ण रुपमा हेरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपालनिकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन्। देवकोटाले केन्द्रमा जे-जस्तो निर्णय भए पनि आफूले उम्मेदवारी फिर्ता नलिने बताएरहदा दुईको भेटपछि आउने निर्कषलाई महत्त्वका साथ हेरिएको हो ।

यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले बादललाई मत हाल्न पार्टीको तर्फबाट बागमती प्रदेश जनप्रतिनिधिह्रलाई ह्वीप जारी गरेका छन्। यस्तै माओवादी केन्द्रले सोमबार विज्ञप्ति निकालेर बादल प्रतिगमनको मतियार र संघीयताविरोधी देखिएकाले संघीयता विज्ञ देवकोटालाई मत दिन ह्वीप जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस