• २०८१ जेष्ठ ३१ गते बिहिवार

जसपा तत्काल सरकारमा सहभागी नहुने (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, काठमाडौं। जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागि नहुने बताएको छ । जसपा सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरु भइरहेको बेला तत्काल सरकारमा सहभागि नहुने जसपाले बताएको हो ।

सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ । साथै पार्टीको नीति र निर्णय यथाावत कायम रहने समेत अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस विज्ञप्ती

Open Photo

प्रतिक्रिया दिनुहोस