बैशाख ५, राेल्पा । पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री , प्रतिनिधि सभा सदस्य बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा थबाङ गाउँपालिका वडा नं ३ मिरुलमा अवस्थित हिमालय फुलबारी मा वि नव निर्मित २ कोठे भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजल,पुर्व राष्ट्रिय सभा सदस्य मिना बुढा,थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो ।
थबाङ गाउँपालिका ३ नं वडा अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन बेल बहादुर बुढाले गर्नु भएको थियो ।