• २०८१ मङ्सिर २२ गते शनिवार

पूर्वराज्यमन्त्री दुगडलाई प्रधानमन्त्रीले बनाए सल्लाहकार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगडलाई नियुक्त गरेका छन्। मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार नियुक्त गरिएको हो।

‘ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री रहेका दुगड मन्त्रिपरिषद पुनर्गठन गर्दा हटेका थिए। यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए। खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।

प्रतिक्रिया दिनुहोस